सफलता र असफलता सोचाईमा भर पर्दछ

अर्जुन प्रसाद पोखरेल –

पृथ्वीमा धेरै किसिमका प्राणीहरु जिबित छन् । ति प्राणिहरु मध्ये मानव सबैभन्दा सचेत र चेतनशिल प्राणी हो भन्ने बिचारलाई नकार्न सकिदैन तर यो बिचार नै सही हो भनेर प्रमाणित गर्ने आधार आजकल घटेका केहि घटनामा मानब सफल नहुने र सोहि घटनामा जनावरलाई प्रयोग गरी सफलता हात पर्नुुले पृथ्वीमा रहेका सजिब प्राणिहरुमा सबै भन्दा सचेत तथा चेतनशिल भन्दा एक अर्काे बिच बोलिद्धारा कुराकानी आदान प्रदान गर्न सक्ने प्राणिको रुपमा चित्रण गर्दा उपयुक्त हुन्छ । यसरी पृथ्वीमा मानव जातिको कुरा गर्नु पर्दा एक वा दुई ब्यक्ति मिलेर समुह, समुह मिलेर राष्ट्र र राष्ट्र मिलेर बिश्व मानब जातिको सम्बन्ध गासिएको पाउँछौ । यसबाट प्रष्ट हुन्छ की बिश्वमा मानव जाति भित्र जम्मा दुई समुदाय मात्र रहेको पाईन्छ । ति हुन : पुरुष र महिला तर चलन चल्तिमा रहेका यावत धर्मको आधारमा :  हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चियन, यहुदि आदि, त्यसैगरी हिन्दु धर्म भित्र :  ब्राह्मण, दलित, जनजाति आदि, बौद्ध धर्म भित्र :  गुरुङ्ग, नेवार आदि, मुस्लिम धर्म भित्र :  सिया, सुन्नि आदि, क्रिश्चियन धर्म भित्र :  गोरा, काला आदि ।

यसरी परिवार देखि राष्ट्र हुदै बिश्वलाई नियाल्दा कहि धनि, कहि गरिब त कहि विकशित तथा कहि अविकशित गरी धेरै असमानता रहेको पाईन्छ । एउटा घरको नियम त्यस घरको अभिभावकले तर्जुमा गर्दछ र सोहि अनुसार परिवारका सदस्यलाई हिडाउने प्रयत्न गर्दछ र जुन घरको परिवारका सदस्यहरु अनुशासित, कर्तब्यनिष्ठ र परिश्रमि हुन्छन् । यो परिवार हरेक कुरामा अगाडि हुन्छन् । त्यसै गरी राष्ट्रको कुरा गर्नु पर्दा कतै कार्यकारी प्रधानमन्त्रि, कतै कार्यकारी राष्ट्रपति, कतै राजा, कतै शेख, कतै चान्सलर आदि । यि व्यक्तिहरु कतै सिधै जनताद्धारा निर्वाचित भएर आएका हुन्छन् त कतै बंशको पुष्ता हस्तान्तरण हुदै आएको हुन्छ तर नेपालको कुरा गर्नु पर्दा जनताद्धारा निर्वाचित सांसद हुन्छन् र सांसदहरुबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रि हुन्छ । बिश्वलाई केलाउदा जनताद्धारा निर्वाचित व्यक्ति भन्दा सांसदबाट निर्वाचित व्यक्ति जनता प्रति कम जिम्मेवार हुन्छन्की भन्ने बहस पनि यदा कदा चलेको पाईन्छ तर जे होस राष्ट्रले प्रगति गर्नु या नगर्नु, राष्ट्र बिकाश हुनु र नहुनुमा यिनै व्यक्तिहरुको धारणामा भर पर्दछ । जस्तो नेपालकै कुरा गर्नु पर्दा पनि यहां भित्र धेरै उधोग, कल कारखाना, बैक तथा वित्तीय संस्थाहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु छन् कयौ व्यक्तिहरु यसैमा कार्यरत रहेका छन् । कति यस्ता रोजगार दिने संघ संस्थाहरु बन्द हुन गए, बन्द हुने अबस्थामा छन् । कतिको रोजगरी बन्द भए भने कतिको बन्द हुने अबस्थामा छन् ।

आश्चर्य लाग्नु पर्ने कुरा के छ भने यति ठुलो मात्रामा उधोग, कलकारखाना बन्द भए हजारौ ब्यक्ति बेरोजगार बने तर सरकारी वा गैर सरकारी तबरबाट यस सम्बन्धमा अनुसन्धान, खोज गरिएको पाईदैन । किन र के कारणले यसरी धमाधम उधोगरु बन्द हुन गए ? बन्द हुनुको कारण के हुन सक्छ ? बन्द उधोगलाई पुनस्र्थापित कसरी गर्न सकिन्छ ? यस बारेमा सरकारी धारणा मौन छ । अर्को आश्चर्य लाग्नु पर्ने कुरा के छ भने उस्तै प्रकृतिको प्रतिश्प्रधि उधोगहरु एउटा बन्द हुन जानु अर्को मनग्य नाफा कमाउन सफल हुनुमा के हुन सक्छ ? यसको खोज हुनु आबश्यक छ कि छैन ? किन आज सम्म यो बिषयमा मौन छ सरकार ? जस्तो : गुणस्तरमा शिवम सिमेन्ट भन्दा कयौ गुणा राम्रो भनिएको हेटौडा सिमेन्ट बन्द हुने अबस्थामा पुग्नु शिबम सिमेन्टले नाफामा छलाङ् मार्नु, हेटौडा कपडा उधोग बन्द भयो भने प्रोपाईटरसिपमा खोलिएका कयौ कपडा उधोग मुनाफमा संचालन भईरहेका छन्, भृकुटी कागज कारखाना बन्द हुन जानु भने प्रोपाईटरसिपमा खोलिएका कयौ कपडा उधोग मुनाफमा संचालन भईरहेका छन्, त्यसै गरी बिराट नगर जुट मिल बन्द भयो भने प्रोपाईटरसिपमा खोलिएका कयौ जुट मिल मुनाफमा संचालन भईरहेका छन्, त्यसै गरी बांस बारी छाला जुत्ता कारखाना बन्द भयोे भने प्रोपाईटरसिपमा खोलिएका कयौ जुत्ता उधोग मुनाफमा संचालन भईरहेका छन्, केहि समय पहिला नेपाल बिधुत प्राधिकरण घाटामा जानु र सोहि प्रकृतिका हाईड्रोपावरले लगानि कर्तालाई आकर्षक लाभांश दिनु, त्यसैगरी कुनै समयको बिश्वासिलो र भरपर्दो साझा यातायात बन्द हुन पुग्नु सोहि प्रकृतिका अग्नि, मकालु जस्ता यातायात थप सुबिधा सहित संचालन भईरहनु, त्यसैगरी नेपालमा धेरै समय एकाधिकार जमाएर बजार कब्जा गरेको नेपाल टेलिकम लाई संचालनको छोटो समयमा माथ गर्न सफल भएको एन.सेल., त्यसैगरी जनकपुर चुरोट कारखाना बन्द हुनु सोहि प्रकृतिको सुर्य टोबाको मुनाफमा संचालन हुनु, त्यसैगरी सरकारी स्थरका निकै अनुभबि पुराना बैंकहरु नेपाल बैंक लि, बाणिज्य बैंक लि.र कृषि बिकाश बैंक लि.का तुलनामा लगानि कर्तालाई मनग्य लाभांश दिन सफल भएका प्राईभेट स्तरका बैंकहरु, सरकारी तबरबाट स्थापना भएका नेशनल ट्रेडिङ् लि., खाध संस्थान घाटामा जानु र डिपार्टमेन्ट स्टोरहरु नाफामा संचालन हुनु, त्यसैगरी सरकारी स्थरबाट संचालन एक मात्र नेपाल टेलिभिजनले भन्दा निजि स्तरमा संचालन भएका टेलिभिजनहरुले मुनाफा बढि आर्जन गरिनु, त्यसैगरी सरकारी स्थरबाट संचालन रहेको गोरखापत्र संस्थान भन्दा निजि स्तरमा संचालन भएका पत्रिकाहरुले मुनाफा बढि आर्जन गरिनु, त्यसैगरी सरकारी स्तरबाट संचालनमा रहेको त्रिभुबन, महेन्द्र बिश्व बिधालय भन्दा निजि स्तरमा संचालन भएका बिश्व बिधालयहरुको गुणस्थर राम्रो हुनु, त्यसैगरी सरकारी स्तरबाट संचालनमा रहेको बिधालय भन्दा निजि स्तरमा संचालन भएका बिधालयहरुको गुणस्थर राम्रो हुनु आदि ।

हाल सम्म यस बारे न कसैलाई चासो छ त न कसैले खोजि गरेको नै छ । यो एउटा खोजको बिषय, अनुसन्धानको बिषय हुन सक्छ जुनबाट पाठ सिकेर बन्द भैसकेकालाई खोलेर संचालन गर्न, बन्द हुन लागेकालाई समयमै सुधार गर्न, घाटामा गएकालाई नाफामा ल्याउन र कम मुनाफा आर्जन गरेकालाई धेरै मुनाफा आर्जन गराउन पाठ, ज्ञान र हौसला मिलोस । हरेक संघ संस्था, उद्मोग कलकारखानाको मुख्य सम्पत्ति वा औजार भनेकै मानब संसाधन हो । यस भित्र तिन किसिमका सोच वा धारणा भएका ब्यक्तिहरु हरेक संगठनमा हुन्छन् । ति हुन :

१.संगठन प्रति सधै सकारात्मक सोच भएका कर्मचारीहरु करिव ६० प्रतिशत ।

२.संगठन प्रति सधै नकारात्मक सोच भएका कर्मचारीहरु करिव १० प्रतिशत ।

३.संगठन प्रति नत सकारात्मक नत नकारात्मक ढुलमुले सोच भएका कर्मचारीहरु करिव ३० प्रतिशत ।

पहिलो कार्य भनेको हरेक रोजगारी दिने रोजगार दाताले आफ्ना कर्मचारीहरुलाई तिन भागमा छुट्टयाउन सक्नु पर्छ । माथिको तथ्याङ्कबाट हेर्दा नकारात्मक सोच भएका कर्मचारीहरु करिव १० प्रतिशत मात्रै देखिन्छ यदि रोजगार दाता कम्पनिले यस तर्फ समयमै ध्यान दिएन भने ढुलमुले सोच भएका कर्मचारीहरु करिव ३० प्रतिशत पनि आफ्नै ग्रुप भित्र ल्याउछ र उसको संख्यामा बृद्धि हुंदै ४० प्रतिशत पुग्छ त्यसैगरी संस्था भित्रका आन्तरीक (सरुवा, बढुवा, पदस्थापन र जिम्बेवारी) जस्ता निर्णयले प्रत्येक बर्ष करिब १ प्रतिशत कर्मचारीहरु सकारात्मक सोचबाट नकारात्मक सोच भएका ग्रुप तिर लाग्छन् र दिन प्रति दिन सकारात्मक सोच भएका ब्यक्तिहरुको संख्या घट्दै जान्छ भने नकारात्मक सोच भएका ब्यक्तिहरुको संख्या बढ्दै जान्छ । संस्था भित्रका सुरुका १० प्रतिशत कर्मचारी भनेको त्यो संस्थाको क्यान्सर जस्तै हो जसरी समयमै पत्ता लगाई क्यान्सर को उपचार गर्न सकिएन भने बिस्तारै क्यान्सरमा बृद्धि हुंदै गई मानवलाई मृत्यू सम्म पु–याउछ तेस्तै नकारात्मक सोच भएका कर्मचारीहरुलाई समयमै चिनेर परिबर्तन गराउन सकेन भने त्यो उधोग, कारखाना, संघ संस्था बन्द हुने, बन्द हुने अबस्थामा जाने कुरामा दुईमत छैन । बिगतका नजिरबाट सजिलै बुझ्न र जान्न सकिन्छ ।

यसमा रोजगारदाता कम्पनिले कर्मचारीहरुलाई कुन आधारमा र कसरी छुट्याउने भन्ने सम्बन्धमा अहिलेको अबस्थामा पनि कुनै बिधि अपनाईएको पाईदैन । जसको लागि हरेक कम्पनिले केहि प्रश्न निर्माण गर्ने र आफ्ना सबै कर्मचारीहरुलाई फर्म फिलअप गर्न पठाई कर्मचारीहरुको सोच, धारणा बुझ्ने सो फर्मको आधारमा तिन बर्गमा कर्मचारीहरुलाई बिभाजन गर्ने । जस्तो : एउटा सिसाको गिलासमा थोरै पानी राखेको चित्र बनाई कर्मचारीहरुको धारण बुझ्ने, यसमा कतिले आधि पानी भएको गिलास, कतिले नभरिएको गिलास कतिले आधि खालि गिलास यस्तै यस्तै धारणा राखेको पाईन्छ । यसमा बुझ्नु पर्ने कुरा के छ भने यहांँ पानी र गिलासको सम्बन्ध गराईएको कारण जसले आधि पानी भएको गिलास भन्छन् ति ब्यक्तिहरुलाई १ नम्बर बर्गमा राख्ने, जसले नभरिएको गिलास भन्ने धारण राख्छन् तिनिहरुलाई २ नम्बर बर्गमा राख्ने किनकी उनिहरुको उत्तर नै नकारात्मक न बाट शुरु भएको हुन्छ, भने अर्को जसले आधि खालि गिलास भन्ने धारण राख्छन् तिनिहरुलाई ३ नम्बर बर्गमा राख्ने किनकी यिनिहरुको उत्तरमा कुन बस्तु राखेर गिलास आधि भयो खुल्दैन । यसरी कर्मचारीहरुलाई ३ बर्गमा बिभाजन गरी सकेपछि १ नम्बर बर्गमा परेका कर्मचारीहरुलाई क्यापसिटि बिलड्अप सम्बन्धि तालिम दिने र अझ सकारात्मक सोचमा बृद्धि ल्याउने प्रयत्न गर्नु पर्छ, त्यसैगरी २ बर्गमा परेका कर्मचारीहरुलाई तलिम पुर्ब मनोबिदसंग परामर्श गराउने, नियमित परामर्श गराई सोचमा परिबर्तन गराइए पश्चात मात्र सिकाई बिधि सम्बन्धि तालिम दिने र ३ नम्बर बर्गमा परेका कर्मचारीहरुलाई तनाब मुक्त काउन्सेलिङ्क गराउने, सोइचाईमा परिबर्तन गराउन मनोविदसंग काउन्सेलिङ्क गराउने अनि मात्र सिकाई बिधि, निर्णगर्ने प्रकृया सम्बन्धि तालिम दिने गरेमा कम्पनिले दिईने तालिम वा तालिममा हुने खर्च शतप्रतिशत सफल हुने, आउटपुट राम्रो आउने हुन्छ । यसो गरेमा कुनै पनि रोजगारदाता कम्पनिमा कार्यरत कर्मचारीहरुमा नकारात्मक सोचाई आउदैन जसको कारण आउटपुट राम्रो निस्कन्छ तथापि आज सम्म यो बिधि कुनै पनि संघ संस्थाहरुले गरेको पाईदैन परिणाम धेरै उधोग, कलकारखाना बन्द भएका, बन्द हुने अबस्थामा पुगेका, संचालनमा रहेतापनि शन्तोषजनक प्रगति हासिल नगरेका, आदि देखिएका छन् संचालनमा रहेका केहि संघ संस्थाहरुले तालिमका नाममा थुप्रै रकम खर्च समेत गरेको पाईन्छ तर ति सबै बालुवामा पानी सरह भएको देखिन्छ त्यस खर्चबाट कुनै आउटपुट नदेखिनु यसैको परिणाम हो । संस्कृत पढेको शिक्षकलाई अंग्रजी पढाउन लागाएर कुन स्तरको रिजल्ट आश गर्छौ हामि हो यस्तै कर्मचारीहरुको सोचाईको आधारमा बर्गिकरण नगरि दिईएको तालिमबाट आउटपुट खोज्नु निरर्थक रहन जान्छ । अन्तमा उधोग, कलकारखाना, संघ संस्थाहरुको सफलता र असफलता प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कर्मचारीहरु संग जोडिएको हुन्छ । जुन संस्थाले बेलैमा मानब संसाधनमा बिधि पु–याएर लगानी गर्छ उ सफल हुन्छ जुन संस्थाले बेलैमा बिचार पु–याउदैन, बिधि पु–याउदैन ति संघ संस्थाहरु असफल हुन्छन् । जुन असफल र सफल उधोग, कल कारखाना, संघ, सस्थाहरु सबै माथिनै उदाहरण सहित प्रस्तुत गरिएको छ ।

(लेखकको निजि बिचारमा आधारीत)