बैंकिङ खबर । लामो समयको लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा उल्लेख्य भुमिका खेल्ने सबै व्यवसाय अहिले ठप्प छन् । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन् । परीणाम स्वरुप व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्थामा छन् ।
लामो समयदेखि लकडाउन दिन प्रतिदिन झनै लम्बिदै गर्दा व्यवसायीहरु अब व्यापारबाटै हात धुने अवस्था आइसकेको भन्दै विभिन्न विज्ञप्ती तथा मौखिक रुपमा राहत प्याकेज घोषणा गर्न माग गरीरहेका छन् । यस दुई महिना भन्दा बढी भइसकेको अवधिमा पनि सरकारको तर्फबाट व्यवसायीका लागि केही राहत प्याकेज नआएको भन्दै व्यवसायी संघले दिनहु गुनासो गर्दै आएका छन् । उनीहरुले उद्योगलाई बचाउन राज्यले वेवास्ता गरेको आफूहरुले महसुश गरेको बताएका छन् । शिथिल भइसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनस्र्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनुपर्नेमा सरकारले समन्वयकारी भूमिका नखेल्दा समस्या भएको उनीहरुको भनाई छ । यसरी व्यवसायीहरू ठूलो समस्यामा पर्दा समेत राज्यले बेवास्ता गरेको उनीहरुको आरोप छ । यस अवस्थामा व्यवसायीहरुको लागि पनि राहत प्याकेजका साथै बैंक तथा वित्तीय संस्थाको ब्याज र घरभाडामा मिनाहा गर्नुपर्ने उनीहरुको माग छ ।
नीति तथा कार्यक्रममा सम्बोधन नगरेको गुनासो
व्यवसायीहरु गर या मरको स्थितिमा आइसक्दा पनि नीति तथा कार्यक्रमले आफूहरूका समस्या सम्बोधन नगरेको उद्योगीहरूको गुनासो छ । उद्योगधन्दा बन्द हुँदा र अर्थतन्त्र जटिल अवस्थामा पुग्दा समेत त्यसलाई सम्बोधन गर्नेतर्फ सरकारले ध्यान नदिएको व्यवसायीको आरोप छ ।
रोजगारी र राहतलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई उकास्न सरकारले रोजगारी र राहतमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उद्योगलाई राहत दिन सरकारले विभिन्न मोडालिटीमा काम गर्नुपर्ने उनीहरुको भनाई छ । कुन क्षेत्रका कुन व्यवसायलाई कस्तो राहतको आवश्यक्ता छ त्यसै अनुरुप अध्ययनद्धारा राहत प्याकेज आउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सामना गर्नुको विकल्प छैन
विश्वभरका अनुसन्धानकर्ता र चिकित्सा विशेषज्ञहरूका अनुसार हामीले अब कोरोना भाइरससँग सामना गर्न सक्नुपर्दछ, यो चिन्ताको विषय होइन, किनकि हाम्रो शरीर र वरपर असंख्य भाइरस र ब्याक्टेरिया छन् । हामीले सावधानीपूर्वक उपचारका स्रोतहरू जुटाउनु पर्छ । यस्तो अवस्थामा हामीले धेरै व्यवहारहरु पनि परिवर्तन गर्नु आवश्यक छ । सबै प्रयासहरूको बावजुद कोरोना भाइरस संक्रमणको नयाँ केसहरु र मृत्युको संख्या बढिरहेको छ । यस्तो अवस्थामा, सरकार, समाज र अस्पतालहरूले विशेष सावधानी र सतर्कता अपनाउनु आवश्यक छ । हालसम्म सरकारले आफ्नो तवरबाट अहिले सम्म दिएको छुटलाई ठूलो जिम्मेवारी र उत्तरदायित्वको साथ प्रयोग गर्नुपर्दछ । हालसम्म यस काममा संलग्न सबै व्यक्तिहरूले आफ्नो कर्तव्य शानदार तरीकाले प्रदर्शन गरीरहेका छन् । नागरिकहरूले सरकार र सेवाकर्मीलाई पनि सहयोग गरेका छन् ।
करोडौले बेरोजगारको सामना गर्दै
कोरोना संक्रण र लकडाउनका कारण सन्सारमा करोडौ मानिसले रोजगार गुमाउने भएका छन् । कैयौं मुलुकहरुमा लकडाउनको समय अवधि अझै लम्बीने अबस्था सृजना भएको छ । जसले गर्दा बेरोजगारीको संख्या यकिन गर्न सकिने अबस्था छैन । तर संयुक्त राष्ट्र संघको श्रमिक इकाई अन्तर्रािष्ट्रय श्रम संगठन (आईएलओ) का अनुसार जुन महिनाभर सम्म करीव ३०.५ करोड मानिसको सधैको लागि जागीर जान सक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारीको कारण संगठनले जागीर जान सक्नेको पूर्वानुमान फेरी बढाएकोे हो । यस संस्थाले अघिल्लो पूर्वानुमानमा १९.५ करोड मानीसको रोजगारी गुम्ने उल्लेख गरेको थियो ।




