कर्जा चुक्ता गर्ने अवधि तीन महिना थप गर्ने भारतिय केन्द्रीय बैंकको फैसला

कोरोना संक्रमणका कारण सुस्त अर्थतन्त्रलाई गति दिन भारतीय रिजर्व बैंक (आरबीआई) ले शुक्रवार धेरै घोषणा गरेको छ । एक प्रेस सम्मेलनमा आरबीआई गभर्नर शक्तिकान्त दासले कर्जा चुक्ताको अवधि तीन महिना थप गर्ने बताएका छन् ।
आरबीआईले सबै वाणीज्य, क्षेत्रीय, ग्रामीण, एनबीएफसी र साना फाइनान्स बैंकहरूलाई सबै प्रकारका कर्जा असुल गर्न प्रतिबन्ध लगाएको छ । यद्यपि यो सुविधा स्वैच्छिक हो र यदि कसैले कर्र्जा तिर्न चाहन्छ भने उसले तिर्न सक्नेछ ।
गभर्नर शक्तिकांत दासले प्रेस सम्मेलनमा दुई महिनाको लकडाउनले देशको आर्थिक गतिविधिमा ठूलो असर गरेको बताएका छन् । उनले भने कि उद्योगमा शीर्ष ६ राज्यहरू मध्ये धेरै जसो रेड र ओरेन्ज जोनमा छन् । यी राज्यहरूका उद्योगहरूले आर्थिक गतिविधिमा ६० प्रतिशत योगदान दिन्थे ।

यस्तै, आरबीआई गभर्नरले कोभिड १९ को कारणले विश्वको अर्थतन्त्रले ठूलो नोक्सान भोगेको बताए । उनका अनुसार अप्रिलमा ग्लोबल म्यान्युफ्क्चरिंग पीएमआई घटेर ११ बर्षकै न्यून स्तरमा आएको छ । डब्ल्यूटीओका अनुसार विश्वभरमा यस बर्षको व्यापार १३–३२ प्रतिशतले घट्न सक्छ ।
आरबीआईले भारतमा मागमा ठूलो गिरावट आएको जनाएको छ । बिजुली, पेट्रोलियम पदार्थको उपभोग घटेको निजी उपभोगमा पनि उल्लेख्य गिरावट आएको जनाएको हो ।