May 21st, 2020

कुमारी बैंकद्धारा सहारा नेपाललाई सहयोग

बैंकिङ खबर । कोरोना भाइरस (COVID-19) नियन्त्रण र रोकथामका लागि सरकारले देशब्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत देशको विभिन्न स्थानहरुमा सहयोग गर्दै आइरहेको छ । यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले एकका लागि एक अभियानका साथ झापा जिल्लामा क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको सहारा नेपालको नेतृत्वमा रहेका विविन्न संस्थालाई १००० किलो खाद्य हस्तान्तरण गरेको छ । यहि बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना शाखा र एटिएम मार्फत निरन्तर बैंकिङ सुविधा प्रदान गरीरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]