लघुवित्त बैकर्स संघले सरकारलाई बुझायो नौ बुँदे सुझावपत्र (सुझावपत्र सहित)

 

बैंकिङ खबर । सरकारलाई आगामी बजेट निर्माणका लागि लघुवित्त बैंकर्स संघले नौ बुँदे सुझाव दिएको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घले कर्जा पूनरतालिकीकरण, लघुवित्तको कर्जा भुक्तानी अवधि थप गर्नुपर्ने, लघुवित्तहरूलाई पनि पुनरकर्जा दिने व्यवस्था गरिनुपर्ने, तथा ऋणी सदस्यको व्यवसाय सुचारु गर्न सहजताका लागि उत्पादन वा निर्माण सम्पन्न हुन थप समय लाग्ने भएमा बढीमा १ वर्षको अवधिलाई ग्रेस अवधि थप गरिनुपर्ने जस्ता मागहरु अघि सारेको छ । लकडाउनको अबस्था लम्बिदै गएका बेला लघुवित्तका ऋणीहरूले किस्ता र ब्याज समयमै भुक्तानी गर्न चाहेमा त्यस्ता सदस्यलाई प्रोत्साहन स्वरूप ब्याज रकममा छुटको व्यवस्था गर्नुपर्ने कुरालाई पनि उठाइएको लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले जानकारी दिएका छन् ।

NMBA Suggestions to NRB Baisakh 2077