Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

अब फेसबुकबाटै डिजिटल किराना पसल संचालन गर्न सकिने

२०७७ जेष्ठ ७ गते

बैंकिङ खबर । लकडाउनले सन्सारभरी जनजीवजन अस्त व्यस्त बनाउँदै गर्दा सामाजिक सञ्जाल फेसबुकले ससाना किराना पसललाई समेत डिजिटल माध्यमबाट सामान बेच्न सक्ने सुविधा ल्याएको छ । उसले अनलाइनमै स्टोर बनाउने सुविधा समेल दिएको छ । जसको कुनै शुल्क समेत लाग्दैन । फेसबुकले ग्राहक बनाउने, सामान खरीद गर्ने तथा विभिन्न कम्पनीका वेबसाइटमा राखिएका सामान ग्राहकले हेर्न सक्ने र क्लिक गर्न सक्ने गरी सामान खरीद र विक्रि गर्ने व्यबस्था गर्न सक्ने सुविधा ल्याएको हो । हाल कोरोना भाइरसका कारण सन्सारभरी आवत जावतमा कठिनाई उत्पन्न भएको छ । यसबाट अनलाइन पसल संचालन गरी व्यापार व्यबसाय गर्न सकिने सुविधा उपलव्ध छ । यसबाट रोजगारी गुमाएका मानिसलाई समेत आत्म निर्भर हुनका लागि सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।