२०७३ असार ३० गते

हेर्नुस्, कहिले आउँदैछ सिनर्जी पावरको ७ लाख कित्ता आईपीओ

ipoसिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले ७ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माण भइरहेको आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि ७ करोड मूल्यका १ सय रुपैयाँ अंकित मूल्य भएका ७ लाख लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट विहीबार अनुमति पाएको हो । स्वीकृत आइपीओ ढिलोमा साउन तेश्रो साताभित्रमा निश्कासन हुने बताइएको छ । आइपीओ निश्कासन तथा विक्रि प्रबन्धकमा कमपनीले सिभिल क्यापिटल मार्केट लिमीटेडलाई नियुक्त गरेको छ ।