May 18th, 2020

शेयर बजार पनि जेठ २० गतेसम्म बन्द रहने

बैंकिङ खबर । सरकारको हिजो बसेको मन्त्री परीषद् बैठकले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेसँगै शेयर बजार पनि सोही अवधिसम्म बन्द रहने भएको छ। नेप्से सञ्चालक समितिको  बैठकले लकडाउनलाई निरन्तरता दिइएकाले बजार पनि बन्द गर्ने निर्णय गरेको हो । यसअघि लकडाउनको अवधिमा मंगलबार र बुधबार (वैशाख ३० र ३१ गते) २ दिन बजार खुल्ला गरिएको थियो । उक्त २ दिन नै नेप्सेमा नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]