Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

थप कडाइका साथ लकडाउन जेठ २० गतेसम्म लम्बीयो

२०७७ जेष्ठ ४ गते

बैंकिङ खबर । आज बसेको मन्त्री परीषदको बैठकले थप कडाइका साथ लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय भोली सकिँदै छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण बढ्दै गएको भन्दै रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेकाले सरकारलाई लकडाउन अवधि बढाउन सिफारिस गरेको थियो। सोही अनुसार लकडाउन सम्मका लागि थपिएको हो । कोरोना रोकथामका लागि सरकारले चैत ११ देखि लकडाउन लागू गरेको हो । हालसम्म नेपालमा कोरोना संक्रममितको संख्या  २९५ पुगेको छ, ३६ जना उपचारपछि निकाे भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।