Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना संक्रमणबाट बाँकेमा अर्का युवकको मृत्यु

२०७७ जेष्ठ ४ गते

बैंकिङ खबर । कोरोना भाइरसका कारण बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भएको छ । उनीसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले यसको पुष्टी गरीसकेको छ । मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसअघि कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी  सुत्केरीको मृत्यु भएको थियो ।