बैंकिङ खबर । आज दिउँसो ४ बजे सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । जेठ १५ गते नयाँ आबको बजेट प्रस्तुत हुँदैछ । राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि सांसदहरुले छलफलमा भाग लिनेछन् । बजेटमा उल्लेख हुने विषयलाई समेटेर सरकारले हरेक बर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गर्दछा । नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने कानूनि व्यबस्था छ । संसदमा प्रिबजेटको छलफल सकिएपछि नीति तथा कार्यक्रम घोषणा हुने गर्दछ ।
