धितोपत्रबाट जारी गरिएको सबै सवारी पासहरु रद्द

बैंकिङ खबर । धितोपत्रबाट नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई मिति २०७७।०१।३१ गते सम्म जारी गरिएका सबै पास रद्द गरिएको विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बोर्डले नेपाल सरकारले लकडाउनलाई थप कडाईका साथ अवलम्वन गर्न गरेको व्यवस्थाका सन्दर्भमा बोर्डको मिति २०७७।०२।०१ को निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको हुँदा नेपाल सरकारको मिति २०७७।०१।२४ को निर्णयानुसार बोर्डबाट यस अघि नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई मिति २०७७।०१।३१ गते सम्म जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको जनाएको हो ।
साथै अति आवश्यक सेवा संचालन हुने संस्थाको लागि नेपाल सरकारको मिति २०७७।०१।२४ को निर्णयानुसार बोर्डबाट मिति २०७७।०२।०१ देखि जारी गरिएको सवारी पासमात्र मान्य हुने व्यवस्था गरिएको समेत बोर्डको विज्ञप्तीमा उल्लेख छ ।


सोसिअल मेडिया