May 14th, 2020

दुई दिन खुलेको सेयर बजार फेरि बन्द, लकडाउन सकिएपछि मात्रै खुल्ने

बैंकिङ खबर । लकडाउनपछि बन्द रहेको शेयर बजार मंगलबारदेखि दुई दिन खुलेपनि आज बिहिबारबाट शेयर कारोबार फेरि बन्द गरिएको छ। यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डले आज  देखि नै शेयर कारोबार बन्द गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन समेत दिइसकेको छ ।केही दिनअघि लकडाउन खुकुलो पार्ने सरकारले निर्णय गरेसँगै कारोबार सुरु भएको भएतापनि दुई नै दिन बजार ओरालो लाग्नुका साथै कोरोना सङ्क्रमितको संख्या बढिरहेको अवस्थामा धितोपत्र बोर्डले शेयर कारोबार बन्द गर्न निर्देशन दिएको हो। दुई दिन कारोबार हुँदा समेत बजार २–२ प्रतिशतले ओरालो लागेर नेगेटिभ सर्किटले बन्द भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]