Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आजदेखि बैंकको सीमित शाखामात्र खुल्ला रहने

२०७७ जेष्ठ १ गते

बैंकिङ खबर । आजदेखि पुन बैंकका सीमित शाखा कार्यालयमात्र खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । बैंकका कारण पनि सडकमा भीडभाड बढेको देखिएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । आजबाट आवश्यक्ता हेरेर सिमित कर्मचारीबाट केही शाखाबाट मात्रै सेवा दिइने भएको छ । आइतबारदेखि पूर्ण रुपमा खुल्न थालेका बैंक तथा वित्तीय संस्था आज बिहीबारदेखि फेरि बन्द हुने भएका छन् ।
यस्तै, बैंकका कर्मचारीलाई नेपाल राष्ट्र बैंकले नयाँ पास उपलव्ध गराएको छ । गृहमन्त्रालयले यसअघिका सबै पास रद्द गरेपछि बैंकका कर्मचारीलाई राष्ट्र बैंकले नयाँ पास उपलब्ध गराएको हो । जसमा वाणिज्य बैंकलाई २० वटा, विकास बैंकलाई १० वटा, फाइनान्स कम्पनीलाई ८ वटा र लघुवित्त कम्पनीलाई ५ वटा पास वितरण गरिएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरेपछि जेठ १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले छुट्टै पास जारी गरेको हो । राष्ट्र बैंकले ३ जिल्लालाई मान्य हुनेगरी पास वितरण गरेको हो । लकडाउनपछि लगातार रुपमा बैंकवित्तले सेवा सूचारु गरीरहेका छन् । काठमाडौं उपत्यका बाहिर स्थानीय प्रशाशनसँग समन्वयन गरेर बेंकहरुले सेवा दिँदै आएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आवतजावतमा कडाई गरेको छ ।

Ad