July 14th, 2016

इन्भेष्टमेन्ट बैंकको एफपीओ प्रमाणपत्र वितरण सुरु

investment bankनेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि निस्कासन गरेको एफपीओको प्रमाणपत्र वितरण सुरु विहीबारदेखि सुरु गरेको छ । एक सूचना जारी गर्दै कोषले सेयर आवेदकलाई आफूले निवेदन बुझाएको केन्द्रमा गई प्रमाणपत्र लिन आग्रह गरेको छ । सेयर प्रमाणपत्र लिन आउनेले साथमा बाँडफाँड पत्रका साथमा स्वयम्ले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत बुझाउनुपर्ने छ ।

फारममा डिपी तथा बिओ आईडी भरेका आवेदकको खातामै सेयर जम्मा हुनेछ । भने डिम्याट खाता नभएका आवेदकले प्रमाणपत्र लिएर तुरुन्तै निक्षेप सदस्यकोमा गई डिम्याट गर्नुपर्नेछ । कम्पनीको एफपीओ सेयर नेप्सेमा सूचीकृत भइसकेकाले डिम्याट गरेलगत्तै बिक्री गर्न सकिने छ ।