बैंकिङ खबर । कोरोना सङ्क्रमणका कारण मुलुक लकडाउनमा छ । नयाँ बजेटले अर्थतन्त्रमा केही राहात दिने अपेक्षा गरिएको छ । निजी क्षेत्रसँग सहकार्य नगरी सरकार एक्लै अघि बढ्न खोजेपछि व्यवसायी निरास बनेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला बेजटको चटारोमा छन् । उनलाई विभिन्न क्षेत्रले बजेटबारे सुझाबहरु दिइरहेका छन् । तर अर्थमन्त्री खतिवडालाई कसैको सुझाव भने आबश्यक छैन । उनले बजेटको तयारी गरिरहँदा विभिन्न संघसंस्था, नीजि क्षेत्र, बैंकर र अन्य क्षेत्रले भेट्न चाहेका छन् । तर उनले कसैलाई भेट दिएका छैनन् । समाचार स्रोतका अनुसार उनी मन्त्रालय, बालुवाटार र निवास बाहेक अन्त कतै गएका पनि छैनन् । बजेट बनिरहेको र कसैको सुझाव आबश्यक नपरेको उनी निकटस्थ स्रोतले बताएका छन् । अन्य माध्यमबाट, विभिन्न मन्त्रालय मार्फत बजेटका सुझावहरु ल्याउन भन्ने अर्थमन्त्रीले अरुका सुझावलाई वास्ता नगरेको बताइएको छ । अर्थमन्त्री खतिवडाले नीजि क्षेत्रका कुरा सुन्नै नचाहेको र नीजि क्षेत्रलाई माइनस गरेर अगाडि बढ्न खोजेको नीजि क्षेत्रको आरोप छ ।
तर अर्थमन्त्री आफैले ठाडै निर्देशन दिएर बजेट तयार गरिरहेको बताईएको छ । कोरोना संक्रमणले अर्थतन्त्र थिलोथिलो भएर अर्थमन्त्रीलाई भेटेका व्यबसायीहरु सुरुवाटै सन्तुष्ट छैनन् । राहत माग्न गएका व्यबसायलाई अर्थमन्त्रीले आफै उल्टै सरकारलाई राहत दिन आग्रह गरेका थिए । खतिवडाले व्यबसायीलाई पहिले देखी नै नजर अन्दाज गर्दै आएका छन् ।