बैंकिङ खबर । लक्ष्मी बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले यस वर्ष १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ५ दशमलव ८६ प्रतिशत बढेको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ९६ लाख बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा ३.१२ प्रतिशत बढको छ भने खुद ब्याज आम्दानी पनि १८.८६ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ४१ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३२ दशमलव ११ रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म बैंकले ९७ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिएको छ भने ९० अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।