Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकको नाफा २ अर्ब भन्दा बढी, वितरण योग्य नाफा मात्रै १ अर्ब माथी

२०७७ बैशाख ३० गते

बैंकिङ खबर । कृषि विकास बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले यस वर्ष २ अर्ब ४ करोड रुपैयाँभन्दा बढी नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ७ दशमलव ७८ प्रतिशत कम भएको छ । गत वर्ष यसै अवधिमा बैंकको नाफा २ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी थियो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २.४५ प्रतिशत घटेको छ भने खुद ब्याज आम्दानी पनि १७.७३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने १ अर्ब २५ करोड भन्दा बढी रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २६ दशमलव ५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३२ दशमलव ११ रुपैयाँ रहेको छ ।

Ad