बैंकिङ खबर । कुमारी बैंक लिमिटेडले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आ.व. २०७६/७७ को तेस्रो त्रैमासमा १ अर्ब १ करोड २७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ३२ लाख रुपैयाँभन्दा बढी थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा भने ४ करोड ५० लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । यस वर्ष बैंकले ८५ अर्ब ५० करोड ६७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको जनाएको छ भने ८९ अर्ब ७० करोड ५० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दनी १४ दशमलव १३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६५ रुपैयाँ रहेको छ ।