Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साउन ५ गतेसम्म शेयर किन्नेले मात्रै मनास्लुको हकप्रद पाउने

२०७३ असार ३० गते

manasluगोरखा जिल्लामा मुख्य कार्यालय रहेको मनास्लु बिकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले आगामी साउन ६ गते शेयरधनी दर्ता किताब बन्द गरिने सूचना निकालेको छ । अब साउन ५ गतेसम्म शेयर किनेका लगानीकर्ताले मात्र शेयर किन्न पाउनेछन् । बैंकले २ बराबर १ कित्ताको दरमा १ सय रुपैयाँ अंकित मूल्य भएको शेयर निष्काशन गर्न लागेको हो 
 
तीन जिल्ला कार्य क्षेत्र रहेको बैंकको हाल चुक्ता पूँजी साढे १८ करोड हाराहारीमाा रहेको छ । हकप्रद जारीपछि बैंकको चुक्तापुँजी २८ करोड हाराहारीमा पुग्नेछ । कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको शेयरमूल्य हाल प्रति कित्ता ५६६ रुपैयाँ रहेको छ ।