बैंकिङ खबर । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी वर्षको बजेट कोरोनाबाट ग्रसीत अर्थतन्त्र उकास्नमा केन्द्रीत हुने बताएका छन् । उनले उत्पादनका क्षेत्रमा जनतालाई सहभागी गराउन प्राथमिकता दिने पनि बताए । प्रतिनिधि सभाको बैठकमा बोल्दै कोरोनाका कारण स्वास्थ्य पूर्वाधारमा थप लगानी गर्नुपर्ने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले बजेटले सरकारले यसअघि लिएको नीति सुशासन र समृद्धिका लागि थप लगानी गर्ने बताए । स्वास्थ्य संकटका कारण विश्व अर्थतन्त्रमा आउने मन्दीलाई ध्यानमा राखेर सरकारले काम गर्ने उनले बताए । नेपाल सरकारले सावधानी अपनाएका कारण कोरोना संक्रमणमा कमी भएको र मानवीय क्षति नभएको उनले बताए । बजार, पर्यटन र आपूर्तिमा गहिरो असर परेको छ आगामी सरकारको बजेटले सुशासन र समृद्धिको बाटोमा कोरोना भाइरसले असर पारेको क्षेत्रमा खर्च गर्ने छ। लोक कल्याणकारी राज्यको अवधारणमा द्रुत विकासमा ध्यान दिइने छ । अर्थमन्त्री खतिवडाले कोरोना भाइरसका कारण आएको चुनौतीसँग लड्न बजेट व्यवस्था गर्ने बताए। विकास, सुशासन र समृद्धि हासिल गर्नमा पनि बजेट केन्द्रीत हुने उनले उल्लेख गरे ।
बैंकिङ शैली
आगामी बजेट कोरोनाले थलीएको अर्थतन्त्र उकास्नमा केन्द्रीत : अर्थमन्त्री खतिवडा
२०७७ बैशाख २८ गते

