May 8th, 2020

मंगलबारदेखि दुई घण्टाका लागि सेयर बजार खुल्ने

बैंकिङ खबर । विश्वव्यापी लकडाउनका कारण बन्द भएको धितोपत्र कारोबार मंगलबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको मिति २०७७/०१/२४ को निर्णयानुसार बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् आवश्यक सेवा प्रवाहगर्ने निर्णय भए अनुसार मिति २०७७/०१/२६ गते बोर्डको कार्यालयमा बजार सम्बद्ध पक्षहरू NEPSE, CDSC, Merchant Banker, DP, Broker सँग भएको छलफल समेतको आधारमा देहाय बमोजिमको व्यवस्था गरी मिति २०७७/०१/३० बाट धितोपत्रको दोस्रो बजार कारोबार सञ्चालन गर्न गराउन सम्बद्ध पक्षहरू सबैलाई जानकारी गराइएको छ।

1)  धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (विहान ११ बजेदेखि १ बजेसम्म) सञ्चालन गर्ने ।

2) प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समग्रमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गर्ने ।

3)  धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावणदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने ।

4) लगानीकर्तालाई Mero Share खाता खोली सोही खाताबाट अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने । २०७७ आषाढ मसान्तसम्म Mero Shareको नयाँ खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने, सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउने ।

5) धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने ।

6) नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।

7) २०७७ आषाढसम्म Online बाट कारोबार गर्ने लगानीकर्ताहरुसँग Password र User ID प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने व्यवस्था गर्ने । २०७७ श्रावणदेखि नियमानुसार तोकिएको शुल्क तिरेर मात्र ग्राहकले Password रUser ID सक्ने व्यवस्था गर्ने ।

8) सिडिएसको System बाट आउने Average Price लाई धितोपत्र दलालले Manual Entry गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाउने ।

9) लगानीकर्ताहरुको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा Help Desk को व्यवस्था गर्ने र सो को जानकारी दिने ।

10)NEPSE र CDSC ले आवश्यक Safety Protocol बनाई आफ्नो र धितोपत्र दलाल, निक्षेप सदस्य, मर्चेन्ट बैंकरले लागू गर्ने व्यवस्था गर्ने ।

11) NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय संचालन गर्दा नेपाल सरकारबाट निर्णय भएअनुसार कुल कर्मचारीको एक तिहाई कर्मचारीबाट आलोपालो गरी कार्यालय संचालन गर्ने ।

12)NEPSE, CDSC, Merchant Bankers, DP, Broker कार्यालयलाई सवारी साधनको लागि सवारी पासको आवश्यकता परेमा आफ्नो कार्यालयमा भएका सवारी साधनहरु मध्ये एक चौथाई सवारी साधनलाई मात्र बोर्डले सवारी पास उपलव्ध गराउने । सोको लागि सम्बन्धित कार्यालयको कार्यालय प्रमुखले सावरी साधनको नम्बर सहित पत्राचार गरी बोर्ड समक्ष अनुरोध गर्ने ।

13) धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा एकपटकको लागि सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिश सहित बोर्डमा समक्ष सम्पर्क राख्न सक्ने ।

14)NEPSE, CDSC, Merchant Bankers, DP, Broker को कार्यालय मिति २०७७।१।२८ गते आईतबार देखि संचालन गर्ने र धितोपत्रको दोस्रो बजार कारोबार मिति २०७७।१।३० गते मंगलबारबाट संचालन गर्ने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]