May 7th, 2020

सेयर बजारका लगानीकर्तालाई वारेन बफेटका पाँच टिप्सहरु

बैंकिङ खबर । वारेन बफेट विश्वको सबैभन्दा ठूलो शेयर बजार लगानीकर्ता मानिन्छन् । विश्वका करोडौं व्यक्तिहरू उनको प्रत्येक गतीबिधिमा नजर राख्छन् । हालसालै उनले लगानीकर्ताहरूलाई सफलताका लागि केहि टिप्स दिएका छन् । जुन तपाईको लागि पनि प्रभावकारी हुन सक्छ ।

१) सतर्क रहनुहोस् : 
तपाईले शेयर बजारमा लाभ उठाउनु पर्छ, तपाईको लगानी बढ्नको लागि हो, तर यसमा तपाई सँगै सतर्क पनि हुनुपर्दछ । २००८ को मन्दी पछि, वारेन बफेटले स्टक बजारमा उल्लेख्य खरीद गरेका थिए, तर यस वर्ष उनले निकै सचेतका साथ कदम चालेका छन् । उनका अनुसार “बजारमा केहि हप्ता, महिना वा बर्षमा जे पनि हुन सक्छ, । यसैले हामीले सतर्कताका साथ काम गर्नुपर्दछ ।

२) शेयर बजारलाई जुवाको रूपमा नहेर्नुहोस्
बफेटले शेयरलाई लगानीको मजबूत साधन मान्दछन्, तर उनको यसमा चेतावनी पनि छ कि शेयर बजारलाई जुवा सम्झनु हुँदैन, बरु बुझ्नुहोस् कि तपाईले कुनै कम्पनीमा भाग लिनु भएको छ । यसका साथै उनले शेयरबाट लङ्ग टर्म बन्ड, ट्रेजरी भन्दा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा जोड दिएका छन् ।

३) गल्ती स्वीकार गर्नुहोस् र अघि बढ्नुहोस्
बफेट सेयरमा एकदम चलाख थिए, उनले कोविड १९ भन्दा अगाडि धेरै एयरलाइन्सको सेयरमा भारी लगानी गरे, तर यो उनको लागी नराम्रो साबित भयो । त्यसैले अप्रिलमा, उनले ती सबै शेयर बेचे । उनले स्वीकार गरे कि यो गल्ती थियो । यो तपाइँको लागि एक पाठ हो, तपाइँ आफ्नो सेयरहरु संग मोहित नहुनुहोस् । यदि तपाईंको निर्णय गलत प्रमाणित हुन्छ भने, त्यसलाई हटाउनुहोस् ।

४) इन्डेक्स लगानी सबैभन्दा राम्रो तरीका
बफेटका अनुसार साधारण लगानीकर्ताको लागि उत्तम तरिका भनेको इन्डेक्स लगानी गर्नु हो । सल्लाहकारहरूको सल्लाह अनुसरण गरेर पछुताउनुभन्दा इन्डेक्स लगानी गर्नु गर्नु राम्रो हुन्छ । इन्डेक्स लगानी भनेको कम्पनीहरूमा सूचकांकको सबै सेयरमा तपाईं थोरै लगानी गर्नु हो । यसको अलावा केही सूचक फंडहरूमा पनि लगानी गर्न सकिन्छ ।

५) कर्जाको भरोसामा नरहनुहोस्
कतिपय लगानीकर्ताहरु क्रेडिट कार्डमा निर्भर हुन्छन्, बफेटले सल्लाह दिन्छन् कि क्रेडिट कार्ड प्रयोग गर्नबाट जोगिनुहोस् । यसको साथसाथै, उनले शेयर बजारमा कर्जा लिएर लगानी नगर्न सुझाव दिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]