Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बारा जिल्लाका ४९ सहकारी खारेजीमा

admin २०७३ असार २९ गते
सेयर:

sahakariआर्थिक वर्षको ०७२/७३ को हालसम्ममा डिभिजन सहकारी कार्यालय बाराअन्तर्गतका ४९ वटा सहकारी संस्था खोरेजीमा परेका छन् । कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन ०४८ परिच्छेद १० को दफा ४१, उपदफा ३ बमोजिम उक्त सहकारी संस्था खारेजी गरिएको हो ।

डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत कुल ७ सय ५५ वटा सहकारी संस्था रहेका छन् । हालसम्म कृषि ४ सय १५, बचत तथा ऋण २ सय २१, साना किसान कृषि १६, पशुपालन १६, मत्स्य १५, दुग्ध १३, विषयगत पाँच, उपभोक्ता तीन, सञ्चार दुई र एक तरकारी तथा फलफूल सहकारी सञ्चालनमा छन् । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।