Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुधबार मुक्तिनाथ विकास बैंकको खुल्ला रहने शाखाहरु

२०७७ बैशाख २४ गते

बैंकिङ खबर । देशको सबैभन्दा ठूलो विकास बैंकका रुपमा परिचित मुक्तिनाथ विकास बैंकले आज बुधबार प्रदेश १ मा दमक, इटहरी, धरान, दुवही, काँकडभिट्टा र इलामको शाखा खुल्ला राख्नेछ । यस्तै प्रदेश २ मा लालबन्दी, वीरगन्ज, गोलबजार र जनकपुरका शाखा खुला रहनेछन् । यता प्रदेश ३ मा कमलादी, माछापोखरी, टोखा, जोरपाटी, न्युरोड, कुमारीपाटी, ठमेल, कुपण्डोल, कोटेश्वर, सीतापाइला, आदमघाट, बेनीघाट, हाकिमचोक, नारायणगढ, पार्वतीपुर र टाँडीको शाखा खुल्ला रहनेछ।

प्रदेश ४ मा आज बैंकको जिरो किमि, छोरेपाटन, हेम्जा, गगनगौँडा, डुम्रे, बयरघारी, गल्याङ, दुलेगौँडा, नयाँपुल, कार्कीनेटा र पृथ्वीचोकका शाखा खुल्नेछन् । यस्तै, प्रदेश ५, ६ र ७ मा भने भैरहवा, गोपीगन्ज, रिडी, तम्घास, हरैया, ड्राइभरटोल, महेन्द्रनगर, गुलरिया, लमही, नेपालगन्ज र तुलसीपुर शाखाहरुबाट आज सुविधा लिन सकिन्छ ।

यी शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहने जनाइएको छ ।

Ad