बैंकिङ खबर । देशको सबैभन्दा ठूलो विकास बैंकका रुपमा चिनिने मुक्तिनाथ विकास बैंकले आज आईतबार प्रदेश १ मा धनकुटा, सिद्धिचरण, विराटनगर, बिर्तामोड र काँकडभिट्टाको शाखा खुल्ला राख्नेछ । यस्तै प्रदेश २ मा गोलबजार, कमलामाई, लाहान र चन्द्रपुर शाखा खुला रहनेछन् । यता प्रदेश ३ मा जोरपाटी, बाँडेगाउँ, कमलविनायक, माछापोखरी, भैंसेपाटी, नयाँबानेश्वर, न्युरोड, कमलादी, कुलेश्वर, टोखा, ठिमी, सल्यानटार, गल्छी, गैंडाकोट, पार्वतीपुर र हेटौँडाको शाखा खुल्ला रहनेछ।
प्रदेश ४ मा आज बैंकको छोरेपाटन, चिप्लेढुंगा, गगनगौँडा, बेसीसहर, आँबुखैरेनी, जुग्ले, चापाकोट, गल्याङ, अमरसिंह र पुतलीबजारका शाखा खुल्नेछन् । यस्तै, प्रदेश ५, ६ र ७ मा भने रामापुर कोलानी, रामपुर पाल्पा, तम्घास, तानसेन, बुटवल, कोटीहवा, तुलसीपुर, लम्की, धनगढी, वीरेन्द्रनगर र लुहाम शाखाहरुबाट आज बैंकिङ सुविधा लिन सकिन्छ ।
यी शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछ ।
