Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंक “बेष्ट इन्टरनेट बैंक २०१६” द्धारा सम्मानित

२०७३ असार २८ गते

global ime bankग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्डबाट सम्मानित भएको छ । प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” ले ग्लोबल आइएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

“सबैका लागि बैंक” भन्ने उद्धेश्यका साथ स्थापना भएको ग्लोबल आइएमई बैंकका हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । बैंकले ६ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले इण्डिया र अष्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आईरहेको छ ।