July 12th, 2016

आईपीओ निष्काशनका लागि सुर्योदय र आरएसडीसी लघुवित्तले पाए बोर्डको अनुमति

ipoसूर्योदय लघुवित्त वित्तीय संस्था र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । बोर्डबाट अनुमति पाएलगत्तै आइपीओ निष्कासन प्रक्रिया अघि बढाएका दुबै कमपनीले केही समयपछि आव्हानपत्र प्रकाशित गर्ने बताएका छन् । 
 
सूर्योदय लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणमा १ सय रुपैयाँमा अंकित मूल्यको १ करोड २० लाख रूपैयाँको १ लाख २० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । संस्थाको शेयर निष्काशन तथा विक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि १ सय रुपैयाँ अंकित मूल्य भएको ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ निष्कासन गर्दैछ । संस्थाको शेयर निष्काशन तथा विक्रि प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेड रहेको छ ।