May 1st, 2020

कोरोना प्रभाव अर्थतन्त्र, यसको असर र आगामी रणनीतिहरु

प्रबिण न्यौपाने  
सन २०१९ सालको अन्तीम देखि बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्त नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइनै चलायमान बन्न दिएको छैन । नत मान्छै कतै आबत जाबत गर्ने पाएका छन् । अब बिश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आकलन गर्न सकिने अबस्था छैन । अझ भनौ हाम्रो जस्तो बिकासोन्मुख राष्ट्रलाई अबका दिनहरुमा अर्थतन्त्र फलामको चिउरा शरह रहने छ । दिन प्रतिदिन बढ्दै गरेको बेरोजगारी अबको दिनमा झन जटिलतातर्फ जाने संकेत देखिदै गएको छ । छिमेकी मुलुक लगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर अनुमान भन्दा पनि बाहिर छ । यही बीच राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा अपनाइने तदारुकता तथा प्रदेश एवम् स्थानीय तहमा हुने विकास–निर्माणका काममा पनि अबरुद्ध पर्ने देखिएको छ ।

नेपालको अर्थतन्त्र विश्वको अर्थतन्त्रमा तेति ठुलो नदेखिएतापनि हाम्रो छिमेकि दुई राष्ट्रहरुले बिश्व अथतन्त्रलाई नै चलायमान बनाउनको लागि पनि नेपालको भूमिका अत्यन्तै महत्वपूर्ण मानिदै आएको छ । आर्थिक बिकाशको मेरुदण्डको रुपमा बैकिङ्ग बिकाशलाई लिईन्छ । नेपालको बैकिङ्ग विकाशक्रमलाई हेर्दा अहिले नेपालको बैँकहरु अरु बिकाशोन्मुख देशहरु सरह अघि बढेका पाइन्छ । नेपालको बैकिङ्ग ईतिहासको अबधिलाई हेर्दा नेपालको यस समयाबधि अत्यान्तै सन्तोसजनक मानिन्छ । अझै भन्ने हो भने बैकिङ्ग इतिहास अहिले र पहिलेको परिस्थिती वा काम गराईको हरेक तह र तरीका हेर्दा आकाश पातल को फरक रहेको छ । नेपालको बैकिङ्ग क्षेत्रले पछिल्लो दशकमा गरेको चामत्कारीक भूमिका र विकास लोभलाग्दो रहेको छ । अहिलेको नेपालको बैकिङ्ग अबस्था आउनमा धेरै असहज परिथिती वा चुनैतिलाईलाई नेपालको बैकहरुले सामना गरेका छन् ।

भूकम्प र नाकाबन्दीको सामना
२०७२ सालमा आएको महाभुकम्पले नेपाको बैकिङ्ग क्षेत्रलाई ठूलो चोट पुराएको थियो । त्यस महामारीले दिएको चोटमा खाटो बस्न नपाउदै छिमेकि राष्टले गरेको नाकाबन्दीले नेपालको अर्थतन्त्र पूर्ण रुपमा थला परेको थियो । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैकिङ क्षेत्र फेरि अर्कोपटक नराम्रो अवस्थातिर अग्रसर छ । नेपलको अर्थतन्त्रलाई चलाएमान बनाएको एक मात्र माध्यम रेमिटेन्स पनि अहिले नराम्ररी थला पर्ने अबस्थामा पुगेको छ । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जसले अर्थतन्त्रको ठूलो हिस्सा लिदै आएको छ । बिश्व बैकको २०१९ को तथ्याङ्गक अनुसार दक्षिण एसियाभित्र नेपालमा रेमिटेन्सको सबै भन्दा धेरै हिस्सा रहेको छ । बिश्व बैकको तथ्यांक अनुसार जि.डी.पी मा सबैभन्दा धेरै हिस्सा अर्थात २७.३ प्रतिशत रहेको रेमिट्यान्स क्षेत्रको भविश्ष्य अन्यौल बनेको छ । उता संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले विश्व खाद्य मूल्य सूचकांक सन २०२० को जनवरीमा १८२.५ पुगेको यो सन २०१४ को डिसेम्वर पछिको उच्च रहको जनाएको छ । छिमेकी मुलुक भारतमा समेत खाद्यान्न मूल्य वृद्धिको दवाव कायमै छ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको मुद्रास्फीतिका कारण नेपालमा समेत मुद्रास्फीतिको चाप कायमै रहने देखिन्छ । कोरोना भाईरसको कारणले अबका दिनहरुमा रेमिटेन्सको प्रभाब कति पर्ने छ सोको बारेमा नियामक निकायले गहिरो अध्यायन अनुशन्धान गरेर मात्र थाहा हुन सक्ला ।

रेमिट्यान्समा अबरुद्ध

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्क अनुसार कुल बैदेसिक रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् भने खाडी मुलुकहरुबाट प्राप्त हुने विप्रेषण कुल विप्रेषणको करिब ५०.३ प्रतिशत रहेको छ । विप्रेषण नेपाल पठाउँदा लाग्ने औसत लागत विश्वको औसत भन्दा कम देखिएतापनि भारत र बंगलादेशको भन्दा बढी रहेको छ । विप्रेषणलाई राष्ट्रिय पुँजी निर्माणको क्षेत्रमा उपयोग गर्दै विप्रेषण आप्रवाहमा आउन सक्ने कमीले अर्थतन्त्रमा पर्ने प्रभावको नियमित आँकलन र वाह्य क्षेत्र सन्तुलनको बैकल्पिक आधारको विस्तार उत्तिकै महत्वपूर्ण रहेको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीको लागि नेपाली कामदारहरुको प्रमुख गन्तब्य खाडी मुलुकहरु नै रहेको छ । आर्थिक वर्ष २०७६÷७७ को चार महिनाको तथ्याङ्कको आधारमा कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकमाघ गएको देखिन्छ । विगतमा मलेशियामा समेत उल्लेख्य संख्यामा कामदारहरु रोजगारका लागि जाने गरेकोमा वैदेशिक रोजगारीमा लाग्ने शुल्क लगायतका कारण केहि समय मलेशियामा वैदेशिक रोजगारी बन्द भएकोले कामदारहरुको संख्यामा कमी आएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ को चार महिनाको तथ्याङ्कको आधारमा कुल कामदारको १२.५ प्रतिशत मात्र मलेशियामा रोजगारीको लागि गएका छन । (स्रोत नेपाल राष्ट्र बैक)

ग्रामिण अर्थतन्त्रको अवसर

कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा ठुलै चुनौती सामना गर्नुपर्ने देखिन्छ । यसको मुख्य प्रभाव बैदेसिक रोजगारीमा र रेमिट्यान्समा पर्ने देखिएको छ । फलस्वरुप बिभिन्न माध्यमबाट अबका दिनहरुमा सबैले आफुले सके सम्म अर्थतन्त्रलाई गतिसिल बनाउनु जिम्बेवारी मानिन्छ । नेपाल जस्तो विकाशोन्मुख राष्ट्रमा लघु बित्तको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ । तथापि कोरोनाको असर लघुवित्तमा समेत उत्तिकै पर्ने देखिन्छ । अबको अर्थतन्त्र बिश्लेशण गरेर शहरमुखि नभई दुर्गम क्षेत्रमा सक्रिय बनाउन जरुरी छ । बित्तिय पहुँच विस्तार गरी विपन्न परिवारसम्म अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यो समयलाई एउटा अबसरका रुपमा लिन सके मात्रै देश समृद्ध हुन सक्छ । ग्रामीण कर्जा सर्वेक्षण अनुसार संस्थागत क्षेत्रबाट कुल ग्रामीण क्षेत्रमा माग हुने कर्जाको २० प्रतिशत मात्र आपूर्ति हुने गरेको अनुमान छ । एशियाली विकास बैंकको एक अध्ययन अनुसार नेपालमा ग्रामीण कर्जाको माग तथा आपूर्तिमा वार्षिक करिब १३ अर्व रुपैयाँको न्यून देखिन्छ । यसबाट ग्रामीण क्षेत्रमा कर्जा मागको तुलनामा कर्जा आपूर्तिको व्यवस्था हुन सकेको छैन भन्ने कुरा स्पष्ट देखिएको छ । विगतमा द्वन्द्वका कारण कर्जा प्रदायकहरु विशेषगरी वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेवा ग्रामीण क्षेत्रबाट सदरमुकाममा संकुचित हुँदै आएका कारण त्यस क्षेत्रमा वित्तीय सेवाको माग र आपूर्तिको खाडल झन् फराकिलो हुँदै गएको छ । सीमान्त तथा विपन्न वर्गलाई लक्षित गरी संचालन गरिएका विभिन्न कर्जा कार्यक्रमहरुसंग सम्बद्घ ग्रामीण बैंकिग पद्घति अवलम्वन गरेका लघु वित्त संस्थाहरुको वित्तीय सेवाले विपन्न वर्गको सामाजिक, आर्थिक स्तर उकास्न सघाउ पु¥याउन सक्दछ भन्ने कुरा प्रमाणित भइसकेकोले त्यस्ता कार्यक्रमलाई भविष्यमा अझ एकीकृत र समन्वयात्मक ढंगबाट प्रभावकारी रुपमा संचालन गर्न सकिएको खण्डमा नेपालको गरिबी कम गर्ने कार्यमा आशातित सफलता प्राप्त गर्न सकिने कुरामा विश्वस्त हुन सकिन्छ र अर्थतनत्र पनि गतिसिल र चलाएमान बनाउन सकिन्छ । यसअर्थ अबको अर्थतन्त्रलाई सक्रिय बनाउनका लागि उत्पादनमुखी र ग्रामिण मुखी योजनाहरु अघि सार्नुपर्दछ । त्यसो भयो भने कोरोना कहरलाई विकासको एउटा अबसरका रुपमा पनि लिन सकिन्छ । लेखक सानिमा बैक लि. मा कार्यरत छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]