सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई २३.७५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारसभाले बोनस शेयर वितरण गर्ने सो प्रस्ताव पारित गरेको । यसका साथै सभाले कर प्रयोजनका लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, सभाले पूँजी वृद्धिका लागि एफपिओ निष्काशनको बाटो खुला गरेको छ । कम्पनीको सभाले चुक्ता पूँजी ४० करोडबाट १ अर्ब रुपैंया पुर्याउने योजना अनुरुप उक्त निर्णय गरेको हो ।
कम्पनीको चुक्ता पुँजी ३५ करोड ६५ लाख ४४ हजार रुपैंया रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीले १५ करोड ३९ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको थियो । सगरमाथाले हाल २५ शाखा तथा उपशाखाबाट बीमा सेवा दिंदै आएको छ ।