बैंकिङ खबर । मुलुकको सबैभन्दा ठूलो विकास बैंकका रुपमा चिनिने मुक्तिनाथ विकास बैंकले आज बिहिबार प्रदेश १ मा मानेभञ्ज्याङ, कटारी, दमक, इटहरी, विराटनगर र इलामको शाखाबाट सुविधा दिनेछ । यस्तै, प्रदेश २ मा चन्द्रपुर, कमलामाई, बर्दीबास र जनकपुरको शाखा खुल्नेछ। यता प्रदेश ३ मा बत्तीसपुतली, कुपण्डोल, ठिमी, चावहिल, कीर्तिपुर, इमाडोल, सीतापाइला, टोखा, महाराजगन्ज, कोटेश्वर, कुमारीपाटी, ठमेल, बेनीघाट, धादिङबेसी, पर्सा, टाँडी र गिरुवारीको शाखा खुल्ला रहनेछ।
प्रदेश ४ मा आज बैंकको पृथ्वीचोक, काहुँखोला, हरिचोक, बयरघारी, कार्कीनेटा, अर्जुनचौपारी, भिमाद, कुस्मा, दुलेगौँडा, नयाँपुल र वालिङका शाखा खुल्नेछन् । यस्तै, प्रदेश ५, ६ र ७ मा भने हरैया, ड्राइभरटोल, भैरहवा, भुमही, बुटवल, गोपीगञ्ज, नेपालगञ्ज, गुलरिया, श्रीनगर, घोराही र वीरेन्द्रनगर शाखाहरुबाट आज बैंकिङ सुविधा लिन सकिन्छ ।
यी शाखाहरु विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछ ।
