Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोभिड १९ : ग्राहकको हितमा अमेरिकी बैंकहरुले ल्याएका सुविधाहरु

२०७७ बैशाख १७ गते

बैंकिङ खबर । अर्थतन्त्रमा कोभिड १९ को प्रभाव बढ्दै जाँदा यसको वित्तीय क्षेत्रमा पर्ने असरबारे चिन्ता थपिएको छ । कोभिड १९ को प्रभाव कम गर्न एवम् प्रभावितलाई क्षतिपूर्ति गर्न व्यक्तिगत एवम् संस्थागत तवरबाट सहयोग प्रदान भइरहेका छन् । यसबीचमा वित्तीय क्षेत्रको कारोबार र लगानीलाई बचाउनु विश्वव्यापी चुनौतीको विषय बनिरहेको छ । कोरोनाका कारण आर्थिक गतिविधिहरु अवरुद्ध भएका कारण बैंकिङ क्षेत्रमा जोखिम आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसतर्फ ध्यानाकर्षण भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न सुविधाका योजनाहरु ल्याएका छन् । अमेरिकाका बैंकहरुले ग्राहकको सुविधाका लागि ल्याएका राहतपूर्ण व्यवस्थाहरुका बारेमा यहाँ चर्चा गरिन्छः

एफडीआईसी
गत ९ मार्चमा एफडीआईसीले कोरोना भाइरसबाट प्रभावित ग्राहकहरुका लगि सहयोग गर्न वित्तीय संस्थाहरुलाई प्रोत्साहन गरेको थियो । जसअन्तर्गत, क्रेडिट कार्ड र कर्जाको भुक्तानीमा भएको ढीलाईमा जरिवाना नलिने, कर्जा भुक्तानी केही समयपछि गर्न सकिने जस्ता व्यवस्था गरिएको थियो ।

नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन
फेडरल र स्टेट क्रेडिट युनियनमा रहेको डिपोजिटको संरक्षण गर्ने नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसनले पनि आफ्ना ग्राहकलाई यस किसिमको सेवा प्रदान गर्न क्रेडिट युनियनहरुलाई प्रोत्साहन गरिरहेको छ । भुक्तानीको ढिलाईमा हुने जरिवाना र नेटवर्क बाहिरको एटीमबाट रकम निकाल्दा लाग्ने शूल्क नलिने र भुक्तानी गर्ने समय पनि थप गर्ने व्यवस्था गरिएको छ । व्यक्तिगत एवम् साना व्यवसायलाई सहयोग गर्नका लागि ससानो कर्जा प्रदान गर्ने व्यवस्था पनि गरिएको छ ।

यु.एस. चेम्बर अप कमर्श
साना व्यवसायहरुका लागि २ ट्रिलियन डलरको सरकारी प्याकेजले ठूलो राहत दिएको छ । ३० मार्चको एक पत्रकाल सम्मेलनमा यु.एस चेम्बर अप कमर्शका भाइस प्रेजिडेन्ट टम सुलिभानदले साना व्यवसायलाई सहयोग गर्नका लागि बैंकहरुको सशक्तिकरण गरिने बताएका थिए । यसका लागि बैंकहरुमा रकमको अभाव हुन दिइएको छैन । कुनै पनि घर परिवार कोरोनाका कारण आर्थिक संकटमा पर्नु नपरोस भन्ने हिसाबले बैंकिङ कारोबार संचालन भइरहेको छ ।

डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेज, न्युयोर्क
२४ मार्चमा न्युयोर्क स्टेटस्थित डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेजले कोरोनाका कारण वित्तीय संकटमा परेका नागरिकका लागि वित्तीय राहत प्रदान गर्न न्युयोर्कका वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो । जसअन्तर्गत एटीएम शूल्क, ओभरड्राफ्ट शूल्क र क्रेडिट कार्डको भुक्तानीमा ढिलाइ भएवापत लाग्ने शूल्क हटाउने व्यवस्था गरिएको थियो ।

यसबाहेक थुप्रै बैंक तथा क्रेडिट युनियनहरुले आआफ्नै किसिमको नीतिमार्फत आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने भरपूर कोशिस गरिरहेका छन् । अलाईले कोरोना भाइरसका कारण आर्थिक संकटमा परेका ग्राहकका लागि चेक, डेबिट कार्ड, ओभरड्राफ्ट, अत्याधिक कारोबार, पुँजी बजार खाता लगायतका सबै शूल्क १८ जुलाईसम्मका लागि छुट गरिदिएको छ । अटोलोन र होम लोन १२० दिनसम्म ढिला गर्न पाइने र यसवापत कुनै जरिवाना नलाग्ने भएको छ । यसका अलावा ग्राहकलाई अनलाइन सेवा सलन प्रोत्साहन गरिएको छ ।

बैंक अफ अमेरिकाले ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्टाफहरुका लागि विशेष तालिम दिई ग्राहकलाई हरेक किसिमको सुविधा पुर्याउने काशिस गरेको छ । क्रेडिट कार्ड एवम् धितो भुक्तानी स्थगन गर्नका लागि अनलाइनबाट एप्लाई गर्न सकिने सुविधा छ । समस्यामा परेका ग्राहक एवम् साना व्यवसायीहरुका लागि शूल्क कटौती लगायतका व्यवस्था गरिएको छ । उपभोक्ता र साना व्यवसाय निक्षेप खाताका लागि ग्राहकले ओभरड्राफ्ट, अपर्याप्त फण्ड र मासिक शूल्कहरुको रिफण्डका लागि अनुरोध गर्न सक्नेछन् । यस्तो कर्जामा लिइएको जरिवाना शूल्क फिर्ता पाउने तथा भुक्तानी ढिला गर्ने सुविधा पनि रहेको छ । अटो लोन, व्यक्तिगत कर्जा, धितोहरु र होम इक्विटी लोनका लागि पनि ग्राहकले यस किसिमको सुविधा पाउनेछन् ।

बीबीभीए, क्यापिटल वान, चेज, सीआईटी, सिटी, कन्जुमर्स क्रेडिट युनियन, डिस्कभर, फिफ्थ थर्ड बैंक, एचसीबीसी, हन्टिङटन, गोल्ड म्यान, नेभी फेडरल क्रेडिट युनियन, पीएनसी बैंक, सान्टान्डर, स्टेट इम्प्लोइज क्रेडिट युनियन, टीडी बैंक, टीआईएए बैंक, ट्रुइस्ट, युएस बैंक, वेल्स फार्गो लगायतले आआफेनै तवरले आफ्ना ग्राहकलाई सुविधा प्रदान गरिरहेका छन् । जसअन्तर्गत अनलाइन पेमेन्टमा छुट लगायतका सुविधा, एटीएम लगायतका फीमा कटौती, कर्जा भुक्तानीको समय थप, जरिवाना शूल्क कटौती लगायतका सहुलियतहश्र प्रायः सबै बैंकले दिएका छन् । यसका अलावा बैंकहरुको सुहलियत साना व्यवसायीहरुमा केन्द्रित रहेको छ ।

Ad