July 12th, 2016

गाभिए बीओके र लुम्बिनी, विहिबारदेखि एकीकृत कारोबार

boklबैंक अफ काठमाण्डू र लुम्बिनी बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । ७ महिना अघि एक आपसमा गाभिने सम्झौता गरेका बीओके र लुम्बिनीले मर्जर स्वीकृति पाए पछि बसेको मर्जर समितिको बैठकले बिहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको छ । मर्जरपछि बनेको नयाँ संस्थाको नाम बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड रुहनेछ भने कार्यालय कमलपोखरीमा रहने बताइएको छ ।

बैंकहरुको शेयर स्वाप रेशियो १ अनुपात शुन्य दशमलव ८२८१ रहने निर्णय भैसकेको छ । बीओके र लुम्बिनी बैंक मर्जर भए पनि शाखा संख्या ६९ तथा एटीएम संख्या ६२ पुगेको छ । अहिले बिओकेको चुक्ता पुँजी २ अर्ब ६७ करोड १४ लाख रुपैयाँ रहेको छ भने उता लुम्बिनी बैंकको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।