जलविद्युत लगानी तथा बिकास कम्पनीको शेयर कारोबार मंगलबारदेखि खुलेको छ । दश करोड कित्ता शेयर नेप्सेमा सुचीकृत गराएको कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको कारोबार खुलेको हो ।
प्रतिशेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप कम्पनीको प्रतिकित्ता शेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ ।
कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । ८ अर्ब संस्थापकको र सर्वसाधारणको २ अर्ब गरी कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैंया रहेको छ ।