Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुधबार मुक्तिनाथ विकास बैंकको कुन-कुन शाखा खुल्नेछन् ?

२०७७ बैशाख १७ गते

बैंकिङ खबर । मुलुकको सबैभन्दा ठूलो विकास बैंकका रुपमा परिचित मुक्तिनाथ विकास बैंकले आज बुधबार प्रदेश १ मा इनरुवा, काकडभिट्टा, विर्तामोड, उर्लाबारी र धनकुटाको शाखा खुल्ला राख्नेछ । यस्तै, प्रदेश २ मा मिर्चैया, लाहान, जनकपुर र लालबन्दीको शाखा खोल्नेछ। यता प्रदेश ३ मा नयाँबानेश्वर, ढुंगाअड्डा, कुलेश्वर, न्युरोड, कमलादी, सूर्यविनायक, कमलविनायक, जोरपाटी, बत्तीसपुतली, माछापोखरी, भैंसेपाटी, आरुघाट, आदमघाट, हाकिमचोक, मनहरी र दलदलेको शाखा खुल्नेछ।

प्रदेश ४ मा आज बैंककोअमरसिंह, बैदाम, छोरेपाटन, चिप्लेढुंगा, दमौली, बागलुङ, पुतलीबजार, वालिङ, फेदीखोला र दुलेगौंडाका शाखा खुल्नेछन् । यस्तै, प्रदेश ५, ६ र ७ मा भने बुटवल, रामापुर, कलौनी, कोटीहवा, तानसेन, तम्घास, रिडी, महेन्द्रनगर, धनगढी, थारमारे, तुलसीपुर र लम्की शाखाहरुबाट आज सुविधा लिन सकिन्छ ।

Ad