April 27th, 2020

सेयर कारोबार पनि वैशाख २५ गतेसम्म बन्द

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज नेप्सेले वैशाख २५ गतेसम्म नै सेयर बजार बन्द गर्ने निर्णय गरेको छ । नेप्से सञ्चालक समितिको सोमबार बसेको बैठकले लक डाउन अवधिभर सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । सरकारले लकडाउन थप १० दिन लम्बाउने निर्णय गरेपछि सो अवधीसम्म शेयर बजार पनि बन्द हने भएको छ । काबुबाहिरको परिस्थिति भएकाले लकडाउन अवधिभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]