Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

बैशाख २५ गतेसम्म लकडाउन अवधि थपियो

२०७७ बैशाख १४ गते

बैंकिङ खबर । सरकारले बैशाख २५ गतेसम्म लकडाउन अवधि थप गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा वैशाख २५ सम्म लकडाउन थप गरेको हो । गत चैत ११ देखि देशव्यापी लकडाउन छ । पहिलोचोटि चैत १८ सम्म, दोस्रो चरणमा चैत २५ सम्म, तेस्रो चरणमा वैशाख ३ सम्म, चौथो चरणमा वैशाख १५ सम्म थप गरेको थियो ।