बैंकिङ खबर । नेपालको शेयरबजार खोल्ने संकेत देखिएको छ । गत चैत १० गतेदेखि बन्द रहेको शेयरबजार खोल्न त्यस क्षेत्रका संबन्धित निकायहरु सकारात्मक देखिएका छन् ।
अनलाइन कारोबार प्रणाली पूर्णरूपमा सञ्चालन हुन नसकेकोले नेपालमा बजार बन्द गर्नुपरेको थियो । लामो समयदेखि बजार बन्द हुँदा त्यस क्षेत्रका लगानीकर्ताहरू समेत मर्कामा परेका छन् । अब अन्य देशमा शेयरबजार खुला रहेकाले नेपालमा पनि अनलाइन कारोबार प्रणालीसँग जोड्दै कारोबार अघि खोल्नुपर्ने निष्कर्षमा सम्बद्ध निकायहरू छन् ।