Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आज राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सव, आर्थिक विकासको लक्ष्य प्राप्तिमा प्रतिवद्ध रहनेमा जोड

२०७७ बैशाख १४ गते


बैंकिङ खबर । आज बैशाख १४ गते अर्थात नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सव । राष्ट्र बैंकले आजबाट नै नयाँ वेवसाइट पनि सार्वजनिक गरेको छ ।
यस ६५ औं वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकको आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास, सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधान्तर स्थिरता कायम गर्नको लागि आवश्यक म्रौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणली प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन प्रतिवद्ध रहने उल्लेख गरेको छ ।
साथै कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न जिम्मेवारीबोधका साथ केन्द्रीय बैंकले गर्नुपर्ने भुमिका निर्वाह गर्दै सुदृढ अर्थतन्त्र निर्माणतर्फ अग्रसर रहने जनाएको छ ।

Ad