Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फेवा विकास बैंकको २९ औँ शाखा म्याग्दीको बेनीमा

२०७३ असार २७ गते

fewa new branchफेवा विकास बैकले म्याग्दीको बेनीथित हुलाकचोक शाखा स्थापना गरी सोमबारबाट कारोबार थालेको छ । बैंकको यो २९ औं शाखा हो । उक्ता शाखाको उद्घाटन म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र फेवा विकास बैंक लिमिटेडका अध्यक्ष विन्दुकुमार थापाले संयुक्त रुपमा गरे । 

यसैबीच, बैंक अध्यक्ष थापाले आगामी दिनमा बैकका शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुँच पु¥याउने प्रतिवद्धता जनाए । उक्त शाखाबाट  निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबिबिएस, एटिम र एसएमएस बैकिङ,  सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ सेवा सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । फेवा विकास बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमासमा २६ करोड सञ्चालन नाफा कमाएको छ । सोही अवधिसम्म १० अर्ब ६३ करोड निक्षेप र ९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह भएको थापाले बताए । 

उख्घाटन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैकको गतिविधि र भावी कार्यक्रमबारे जानकारी गराए । म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष जीवनकुमार विश्वकर्माले शुभकामना मन्त्वय व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक रवीन्द्र माकाजु र सञ्चालन सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले गरेका थिए ।