July 11th, 2016

कसमस डेभलपमेन्ट बैंकको ५ लाख कित्ता हकपद साउन ११ गते

cosmosकसमस डभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले आगामी साउन ११ गतेदेखि एक बराबर एकको अनुपातमा एक सय रुपैंयाँ मुल्यका ५ लाख ३ हजार १ सय २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकले हाल कायम रहेको ५ करोड ३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात् बैंकको चुक्ता पूँजी १० करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद शेयरमा भदौ ३ गतेसम्म आवेदन गर्न सकिनेछ । 

बैंकले गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हरमटारीमा प्रधान कार्यालयका साथै आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यलयका साथै गो.न.पा.–९, छेवेटारमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।