बैंकिङ खबर । ज्योति विकास बैंकको हिजो बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको सेवा अवधि मिति २०७७ बैशाख १५ गते देखि समाप्त हुने बैंकले आधिकारीक रुपमा जानकारी दिएको छ ।
साथै सञ्चालक समितिको सोहि बैठकको निर्णय बमोजिम अर्को निर्णय नहुन्जेल सम्मको लागि ज्योति विकास बैंकका नायव महाप्रवन्धक पारस राज कंडेललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको बैंकले जनाएको छ ।
