Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैङ्कका कर्मचारीको बिदा कटौती नगर्न र कर्मचारी नहटाउन फियनको आग्रह

२०७७ बैशाख ११ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थामा हुँदै आएको अनिवार्य बिदा अर्थात फोर्स लिभ र कर्मचारी कटौतीको प्रयासका विषयमा नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले आपति जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुलाई फोर्स लिभमा पठाउने र कर्मचारी कटौती गर्ने प्रयास गरेको भन्दै फियनले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनलाई  चेतावनी दिएको छ ।
लकडाउनका बेला कर्मचारीहरु बाध्यताले नै बिदा बसेको भन्दै उनीहरुको बिदा कटौती नगर्न र लकडाउनका बेला बसेको बिदालाई सार्वजनिक बिदा सरह मान्यता दिन संघको आग्रह छ ।