July 11th, 2016

भार्गव विकास बैंकका शेयरधनीलाई २० प्रतिशत बोनस शेयर, मर्जरका लागि बाटो खुला

DSC_0034भार्गव विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको ८ औँ साधारणसभाले नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम चुक्ता पुँजी बृद्घि गर्न बैंकले आ. व. २०७१/०७२ को आय बाट शेयरधनीहरुलाई उक्त परिमाणमा बोनस वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती÷सम्माहित (एक्विजिसन) गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धि प्रस्ताव पनि साधारणसभामा पारित गरिएको छ । त्यस्तै, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट डम्बर बहादुर थापा र हेमन्त नाहटा (श्रीगणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि. का तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् । 

बैंकले चालु आर्थिक वर्षको असार २४ गतेसम्म १ अर्ब ४७ करोड निक्षेप संकलन गरी १ अर्ब १४ करोड कर्जा लगानी गरेको छ । बैंकको वित्तीय विवरणको आकार गत वर्षको भन्दा निकै बढेको देखिन्छ । निक्षेप तथा कर्जा लगानीमा उल्लेख्य बृद्घि भएकोले सञ्चालन मुनाफा बढेको देखिन्छ । गत वर्ष २०७१ को चैत्र मसान्तमा ७७ करोड ७० लाख निक्षेप संकलन गरेकोमा २०७२ चैत्र मसान्तमा ८२.७५ प्रतिशतले बृद्घि हुन गई १ अर्ब ४२ करोड तथा २०७१ चैत्र मसान्तमा ६५ करोड ६३ लाख कर्जा लगानी गरेकोमा २०७२ चैत्र मसान्तमा ७०.६५ प्रतिशतले बृद्घि हनु गई १ अर्ब १२ करोड कर्जा लगानी गरेको छ । 

बाँके, बर्दिया र दाङ्ग जिल्लामा कार्यक्षेत्र रहेको यस स्थानिय विकास बैंकको हाल ७ वटा शाखा संचालनमा रहेका छन् । बर्दियाको भुरीगाँउमा यस बैकको आठौँ शाखा यही असाढ २७ गते देखि सञ्चालन मा ल्याइँदै छ । तथा दाङ्गको हापुरेमा समेत शाखा खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको छ । छिटै नै सो शाखा खोल्ने तयारी भइरहेको बैंकले जनाएको छ । बाँके, बर्दिया र दाङ्ग जिल्लामा कार्यक्षेत्र रहेको यस स्थानिय विकास बैकको हाल ७ वटा शाखा संचालनमा रहेका छन। बर्दियाको भुरीगाँउ र दाङ्गको हापुरेमा शाखा खोल्ने कार्य अन्तिम चरणमा रहेको छ ।