ग्रीन डेभलपमेन्ट बैंकले असार महिनाभित्रै आईपीओ बाँडफाँट गरी चुक्ता पुँजी बढाएको रिपोर्ट राष्ट्र बैंकमा पेस गर्ने तयारी गरेको छ । बाँडफाँट गर्ने दिन भने अझै निश्चित भइनसकेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
बैंकले जेठ २३ देखि २६ सम्म सेयर निष्कासन खुला गरेको थियो । बैंकले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म सेयर भर्न पाइने गरी शेयर निष्काशन गरेको थियो । बागलुङमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो ।
बैंकको अधिकृत पुँजी ५० करोड रहेको छ भने जारी पुँजी १० करोड छ । चुक्ता पुँजी पाँच करोड ५० लाख पुगिसकेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १० करोड पुग्नेछ ।


