२०७७ बैशाख ९ गते

नेपाल बैंक लिमिटेडले देशैभरीका सम्पूर्ण शाखाबाट सेवा सूचारु गर्यो

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले सबै शाखा संचालनमा ल्याएको छ । विषम परिस्थितिका बाबजुत आफ्ना सबै शाखाबाट काम सूचारु भएको नेपाल बैंकले जनाएको छ । देशैभरीका सबै शाखा संचालन गरेर लकडाउनको समयमा काम गर्ने सम्भवत उक्त बैंक पहिलो बनेको छ । सबैजसो बैंकहरुले कुनै न कुनै शाखाबाट सेवा दिँदै आएका छन् । कोरोना संक्रमणको महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि बैंकहरुले सिमित शाखा संचालन गरी सेवा दिएका हुन् । नेपाल बैंकले बैशाख ९ गतेका दिनबाट कम कर्मचारीलाई परिचालन गरी सावधानीपूर्वक सबै शाखाबाट सेवा सूचारु गरिएको जनाएको छ ।