२०७७ बैशाख ८ गते

नाफा नलिएर ऋणीलाई राहत दिनेबारे बैंकका संचालक र अध्यक्षहरु छलफलमा

बैंकिङ खबर । बैंकवित्तमा बोनस तथा नाफा नलिनेगरी संचालकहरुले ऋणीको हितमा के गर्न सकिन्छ भन्नेबारे छलफल सुरु गरेका छन् । बैंकहरुमा संचालकलाई नाफा दिनुपर्ने सिइओहरुको बाध्यातालाई समेत अन्त्य गर्दै व्यबसायीहरुको हितमा बैंकले गर्न सक्ने सबै रणनीति अबलम्बन गर्नेगरी बैंकका संचालकहरु छलफलमा जुटेका हुन् । पवन गोल्यानको नेतृत्वमा रहेको बैंक वित्तीय क्षेत्रका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले यस्तो छलफल सुरु गरेको हो । व्यबसायीका लागि दिन सकिने राहत तथा व्याजदर घटाउनेबारे छलफल भएको जनाइएको छ । आगामी जेष्ठ १ गतेदेखि लागु गर्ने गरी व्याजदर घटाउने तयारीमा बैंक तथा वित्तीय संस्था लागेका छन् ।