मेक्स नेपालद्वारा विगत १ महिनादेखि आयोजित ‘मेक्स ट्रेडिङ च्यालेन्ज’ आइतबार सम्पन्न भएको छ । कमोडिटी बजारको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताको महिना दिनसम्म आफ्नो कारोबार कौशलता, कारोबार रणनीति, अनुशासन र पूँजी व्यवस्थापनमा दक्षता देखाउँदै, प्राप्त पूँजी रकमलाई अधिकतम बनाउन सफल शीर्ष तीन सहभागीहरु विजेता बनेका छन् । सहभागीहरुलाई कारोबार गर्नका लागि पाँचलाख बराबरको नमूना रकम प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा प्रथम हुने सहभागी दिपेश पोते श्रेष्ठले आफूले प्राप्त गरेको ५ लाखको पूँजीलाई वृद्धि गरि २६ लाख ८८ हजारसम्म पुर्याउन सफल भएका थिए । त्यसैगरी द्वितीय स्थानमा कमोडिटी ब्रोकर एसपी कमोडिटीका रामकुमार सिंखडाले खुद नाफा २१ लाख ८२ हजार बनाए । आफ्नो पूँजी २२ लाख १९ हजार बनाउँदै सिद्घार्थ बैङ्ककी प्रज्ञा अधिकारी तृतिय स्थान ओगट्न सफल भइन् । विजेताहरुलाई एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रनले कारोबार खाता, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । प्रथम हुनेलाई ३० हजार र द्वितीय हुनेलाई २० र तृतिय हुनेलाई १० हजार बराबरको कारोबार खाता प्रदान गरिएको मेक्सेले जनाएको छ ।



