नेपालका ०.२५ प्रतिशत जागीरे मात्रै आफ्नो पेशाप्रति सन्तुष्ट रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले नेपालको कुल जनसंख्यालाई दिएर गरेको अध्ययनले नेपालभित्रै रोजगार रहेका सबै जसो जागीरे आफ्नो पेशाप्रति असन्तुष्ट रहेको देखाएको हो । यो आँकडामा जसमा रोजगार पाएका र बेरोजगारसमेत समेटिएका छन् । जसअनुसार, नेपालको कुल जनसंख्या (२ करोड ८५ लाख) मध्ये ७१ हजार २ सय ५० जना नेपाली मात्र रोजगारीबाट सन्तुष्ट छन् ।
समग्रमा देशको अर्थतन्त्र विस्तार हुन नसक्दा नेपालीहरु आफ्नो रोजगारीप्रति सन्तुष्ट हुन नसकेका हुन् । त्यस्तै पछिल्लो समय बढिरहेको विदेश मोहले पनि नेपालमा काम गर्नेको मनस्थिती नकारात्मक बनाइरहेको छ । महँगी दिनदिनै चुलिइरहँदा पनि सोही अनुरुप तलब बढ्न नसक्दा उनीहरु आफ्नो कामबाट सन्तुष्ट हुन सकेका छैनन् । महँगीसँगै खर्च पनि बढेकाले सो परिपूर्ति हुन नसक्दा उनीहरुमा निराशा बढेको छ ।
सरकारले देशभित्र करिब ४ लाख ८० हजार रोजगारी सिर्जना गरेको छ भने निजीक्षेत्रले करिब २० लाख रोजगारी सिर्जना गरेको छ ।