बैंकिङ खबर । नागरिक लगानी कोषले ब्याजमा छुट दिने भएको छ । कोषले सेवाग्राहीलाई २०७६ चैत देखि २०७७ असारसम्मको व्याज ७७ को असार भित्र बुझाएमा व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।’कोषको संचालक समितिको आजको बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमणको प्रभावलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाइएको छ। त्यसैगरी कोषमा नियमित रूपमा रकम जम्मा गरी कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएमा क्षतिपूर्तिबापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय समेत भएको छ ।